Wednesday, April 14, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    उत्कृष्ट अभिनेताको अवार्ड स्वर्गीय अभिनेता इरफान खानलाई

    - Advertisement -

    भारतको मुम्बाईमा ६६ औँ फिल्मफेयर अवार्ड सम्पन भएको छ । यस अवार्डमा बलिउडका स्वर्गीय अभिनेता इरफान खानलाई मरणोत्तर दुईवटा अवार्ड प्रदान गरिएको छ ।

    अंग्रेजी मिडियम फिल्मबाट इरफानलाई उत्कृष्ट अभिनेताको अवार्ड दिइएको हो।यस्तै मरणोपरान्त उनलाई लाइफटाइम एचिभमेन्ट अवार्ड पनि दिइएको छ । ७ वटा विधामा अवार्ड पाएका तापसी पन्नुको थप्पडले सबैभन्दा धेरै अवार्ड जितेको छ।

    थप्पडबाटै तापसी पन्नुले उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि जितेकी छिन् । गुलाबो सिताबोबाट अभिनेता अमिताभ बच्चनले क्रिटिक्स बेस्ट एक्टरको अवार्ड पाएका छन् । यस्तै तान्हाजीः द अनसंग वारियरबाट ओम राउतले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments