Thursday, April 15, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    प्रधानमन्त्री ओलीलाई उत्कृष्ट गीतकार पुरस्कार, ओलीले लेखेको नयाँ गीत ‘म त भाग्यमानी’ यूट्यवमा सार्वजनिक

    - Advertisement -

    यसबर्षको नीम अवार्ड प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रदान गरिएको छ। प्रधानमन्त्री ओलीले रचना गरेको स्वदेशमा रोजगारी स्वदेशमा बास बोलको गीतलाई यो वर्षको नीम अवार्ड प्रदान गरिएको हो।

    यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको नयाँ गीत ‘म त भाग्यमानी’ यूट्यवमा सार्वजनिक भएको छ।‘छानेर नि होइन, होइन जानीजानी तर, जन्मे नेपालमा मत कति भाग्यमानी’ बोलको यो गीतमा शिशिर योगीले स्वर र संगीत दिएका छन्।

    नीम अवार्ड ग्रहण गर्न प्रधानमन्त्री ओली समारोहमा नगएको कारण सो गीतको म्युजिक भिडियो निर्देशन गरेका कलाकार मोहन निरौलाले प्रधानमन्त्री निवास वालुवाटार पुगेर पुरस्कार हस्तान्तरण गरेका थिए।शान्तिराम राइद्वारा संगीतवद्ध सो गीतलाई शान्तिराम राइ र मेलिना राइले स्वर दिएका छन्। गीतले देशमा नै वसेर रोजगारी गर्नलाई प्रेरणा दिएको छ।

    भिडिओको सुरुवातमा ओलीले दोस्रोपटक मृर्गौला प्रत्यारोपण गर्नुपूर्व दिएको मन्तव्यको फुटेज राखिएको छ। गीतमा गायक एवम् संगितकार योगीले नै अभिनय गरेका छन्।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments