Wednesday, May 12, 2021
More
    • 407
    •  
    •  
    •  
    •  
    •  
      407
      Shares

    Latest Posts

    भुवन केसीले माइतिघर २ बनाउने – अनमोल केसी नायक, नायिका को?

    - Advertisement -
    • 407
    •  
    •  
    •  
    •  
    •  
      407
      Shares

    निजी क्षेत्रबाट निर्माण भएको पहिलो नेपाली फिल्म ‘माइतीघर’को थिममा अर्को फिल्म बन्ने भएको छ। भुवन केसीले छोरा अनमोललाई लिएर ‘माइतिघर २’ बनाउन लागेका हुन्।

    भुवनकै काजल फिल्म्सको ब्यानरमा बन्ने फिल्मको नाम दर्ता गरिसकिएको छ। फिल्मलाई सुबोध चोपडाले निर्देशन गर्ने बताइएको छ। फिल्ममा नायिका को रहन्छ भन्ने कुरा भने टुंगो लागिसकेको छैन।‘माइतीघर’ नेपालमा बनेको तेस्रो तथा निजी क्षेत्रबाट बनाइएको पहिलो फिल्म हो। उक्त फिल्ममा माला सिन्हा, सिपी लोहनीलगायत कलाकारको अभिनय रहेको छ। उक्त चलचित्रलाई विएस थापाले निर्देशन गरेका थिए भने सुमान्जली फिल्म्सले निर्माण गरेको थियो।

    काजोल फिल्म्सको अर्को फिल्म ‘पारस’ पनि दर्ता भएर बसेको छ। यसमा पनि अनमोल नै मुख्य भूमिकामा रहने बताइएको छ। दुईमध्ये कुन फिल्म पहिले बनाउने भन्नेमा भने स्वयं निर्माता पनि पक्का नभएको बताएका छन्। ‘पारस’ र ‘माइतीघर २’ बाहेक अनमोलको ‘ए मेरो हजुर ४’ पनि निर्माणको क्रममा छ। पछिल्लोपटक अनमोल ‘ए मेरो हजुर ३’ मा देखिएका थिए। समीक्षकले खासै राम्रो प्रतिक्रिया नदिए पनि फिल्म व्यावसायिक रूपमा भने सफल ठहरिएको थियो।

    यो पन पढ्नुहोस् –

    अनमोल केसी र सुहाना थापा फोक्सुन्डो तालमा, ‘ए मेरो हजुर ४’को शिर्ष गीतको छायांकन

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments