in

बिग बोस – १४औं संस्करणको उपाधि रुबीना दिलैकलाई, कति पाइन् पुरस्कार?

भारतीय रियालिटी शो ‘बिग बोस – १४ औं’ संस्करणको उपाधि रुबीना दिलैकले जितेकी छिन् । टेलिभिजन अभिनेत्री रुबीनाले उपाधिसँगै ३६ लाख (भारु) नगद पुरस्कार जितेकी हुन् ।

रुबीनाले छोटी बहू, शक्ति सहितका टेलिभिजन सिरिजमा गरेको अभिनयका कारण चर्चामा थिइन् । राहुल वैद्य बिग बोसको यो सिजनको फस्ट रनर–अप बनेका छन् । उनी यसअघि इन्डियन आइडलको पहिलो सिजनमा पनि रनर–अप बनेका थिए । शो का सञ्चालक सलमान खानले आइतबार बेलुका विजेताको घोषणा गर्नु पूर्व फाइनलमा पुगेका सबै प्रतियोगीलाई १४ लाख भारु लिएर शो छोड्न सक्ने विकल्प दिएका थिए ।

राखी सावन्तले १४ लाख भारु लिएर शो छोडिन् । त्यसपछि उनले विजेताको घोषणा गरेका हुन् । खानले आउँदो ८ महिना भित्र अर्को सिजनका साथ फर्किने वाचासमेत गरेका छन् ।

What do you think?

Written by filmy news

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

स्विमिङ पुलमा रमाउँदै साम्राज्ञी र पुष्प(तस्बिरसहित)

गायिका अन्जु पन्तले गरिन् विवाह, अन्जु र थीर दुवैको दोस्रो विवाह