Wednesday, April 14, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    भारतमा कोरोना संक्रमण पुनः फैलियो, आमिर खानलाई पनि संक्रमण पुष्टि

    - Advertisement -

    महाराष्ट्रमा कोरोना बढेसँगै बलिउड स्टारमा आमिर खानलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनका प्रवक्ताले खानलाई कोरोना भएको पुष्टि गर्दै घरमै आइसोलेसनमा रहेर सबै मापदण्डहरू पालना गरेको बताए । उनलाई कुनै स्वास्थ्य समस्या देखिएको छैन । उनले आमिरको सम्पर्कमा आएका मानिसहरूलाई कोरोनाको परीक्षण गराउन पनि आग्रह गरेका छन् ।

    भारतमा कोरोना संक्रमण पुनः फैलिएको छ । त्यहाँ सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्य हुँदा निषेधाज्ञाका तालिकाहरु पनि निकालिएका छन् । कतिपय स्थानमा रातमा कर्फ्यू लगाइएको छ भने कतिपय स्थामा पूर्ण लकडाउन गरिएको छ ।

    भारतमा यसअघि अभिताभ बच्चन, कार्तिक आर्यन, रणबीर कपूर, वरुण धवन लगायतका कलाकारहरूलाई कोरोनो संक्रमण भएको थियो ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments