Thursday, April 15, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण

    - Advertisement -

    बलीउड अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित भएकी छन् । उनका प्रेमी रणबीर कपूर कोरोना संक्रमित भएपछि आलियाको कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो ।

    आलियाको आउँदै गरेको फिल्म ‘गंगूबाई काठियावाडीं’ का निर्देशक संजय लीला भंसाली पनि केही समय अगाडि कोरोना संक्रमित भएका थिए ।कोरोनाको लहर फिल्म क्षेत्र, टेलिभिजन क्षेत्र, खेल क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु पनि पछिल्लो समय कोरोना संक्रमित हुँदै आएका छन् । सचिन तेंदुलकर, आमिर खान, कार्तिक आर्यन, विक्रांत मैसे, मनोज बाजपेयी, बप्पी लहरी, तारा सुतारियापछि आलिया पनि कोरोना संक्रमित भएकी छन् ।

    त्यसैगरी बिग बोस फेम अभिनेत्री मोनालिसालाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनको श्रीमान् विक्रांत सिंह राजपूतले सो कुराको पुष्टि गरेको छन् । उनका अनुसार मोनालीसालाई कोरोना पोजेटिभको लक्षण भने देखिएको छैन र पनि होम क्वारेन्टिनमा बसेकी छन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments