Thursday, April 15, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    धुर्मुस-सुन्तलीको नयाँ गीत ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक

    - Advertisement -

    गायक भक्त प्रधान र लोकप्रिय गायिका रचना रिमालको स्वर रहेको ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक भएको छ।गायिका रचना रिमाल र गायक भक्त प्रधानको स्वर रहेको ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक भएको छ ।

    हाँस्य कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’ नामक वेव फिल्ममा समावेश उक्त गीतमा लोकराज अधिकारीको शब्द, राजेन्द्र बजगाँइको संगीत रहेको छ ।यो वेव फिल्म एक महिना भित्र विभिन्न ओटीटी प्लेटफर्मबाट रिलिज हुने पत्रकार सम्मेलनमा निर्मात्री तथा कलाकार कुञ्जना घिमिरेले जानकारी दिइन् । धुर्मुस–सुन्तलीको निर्देशनमा बनेको वेव फिल्म २ घन्टा भन्दा लामो छ । टेकेन्द्र शाहको सम्पादन रहेको यो चलचित्रमा स्वेत्ना योञ्जनको कोरियोग्राफी छ ।

    सार्वजनिक गीतको भिडियोमा सिताराम कट्टेल, कुञ्जना घिमिरे र सुशिला थापाको अभिनय छ । चलचित्रमा रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला लगायतका कलाकराको पनि अभिनय छ ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments