नेपाली लोकदोहोरीको उनन्यन र प्रवर्द्धन गर्न भन्दै नेपाल टेलिभिजन मार्फत सुरु भएको कार्यक्रम ‘दोहोरी च्याम्पियन’ भने विवादमा तानिएको छ। पहिलो गाँसमै ढुंगा भनेझैं पहिलो श्रृंखलाबाटै यो कार्यक्रम विवादमा आएको हो।
निर्णायक मण्डलमा रहेकाले बोलेका कुरालाई लिएर सामाजिक संजाल तातेको छ। कतिपयले त निर्णायकहरूको क्षमतामाथि नै प्रश्न चिन्ह खडा गरिदिएका छन्। उनीहरु निर्णायक मण्डलमा बस्नसमेत लायक नभएको जिकिर धेरैले गरेका छन्। निर्णायक मण्डलमा बसेका चारै जना व्यक्ति नेपाली लोकदोहोरी क्षेत्रका दिग्गज मानिन्छन्। उनीहरूले सिर्जना गरेका सयौं गीत चर्चित छन्।
प्रजापति पराजुली
नेपाली लोक दोहोरीमा सयौं चर्चित गीत गाएका प्रजापति पराजुली नेपाली दोहोरीको सिर्जना र यसको अध्ययन अनुसन्धानमा कलम चलाइरहेका छन्। राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष उनी लगभग चार दशक लोकदोहोरी क्षेत्रमा क्रियाशिल रहेका व्यक्ति हुन्। कास्कीका पराजुली हाल नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्राज्ञ हुन्।
रमेश बिजी
रमेश बिजी एक चर्चित गीतकार हुन्। उनले रचना गरेका गीतहरू पनि नेपाली लोक दोहोरी क्षेत्रमा चर्चित मानिन्छन्। स्याङ्जाका उनी २०६१ सालदेखि दोहोरी गीतमा निर्णायक मण्डलमा बसेर काम गरिरहेका छन्। उनी हाल राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका अध्यक्ष हुन्।
भिडियो–
सीता थापा
सीता थापाका पनि दर्जनौं गीतहरू चर्चित छन्। सर्लाहीकी उनी ६३ सालदेखि विभिन्न लोक दोहोरी कार्यक्रमका लागि निर्णायक मण्डलको भूमिकामा बसेर काम गरिरहेकी छिन्। उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी संस्थापक कोषाध्यक्ष हुन्। उनी विगत २५ वर्षदेखि लोक दोहोरी क्षेत्रमा कार्यरत छिन्।
चन्द्र शर्मा
चन्द्र शर्माका पनि दर्जनौं गीतहरू चर्चित छन्। दुई दशकदेखि नेपाली लोकदोहोरीमा क्रियाशील दाङका शर्मा नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष हुन्।
Comments
0 comments