Thursday, April 15, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    शृंखला खतिवडा सहरी विकास योजनामा स्नातकोत्तर गर्न हावर्ड विश्वविद्यालय जाने

    - Advertisement -

    पूर्व मिस नेपाल शृंखला खतिवडा स्नातकोत्तर गर्नको लागि अमेरिकी हावर्ड विश्वविद्यालय जाने भएकी छिन् । आर्किटेक्चरमा स्नातक गरेकी खतिवडाले सहरी विकासमा स्नातकोत्तर गर्न हावर्ड विश्वविद्यालय जान लागेकी हुन्।

    शृंखलाले सामाजिक सञ्जालमार्फत हावर्ड विश्वविद्यालयमा भर्ना हुन पाउनु हालसम्मकै खुशिको कुरा भएको बताउकी छिन् । उनलाई पूर्व मिस नेपाल निकिता चण्डक लगायतले बधाई दिएका छन् ।शृंखलाले सुरुमा आफूलाई हावर्डमा सक्छु भन्ने नलागेको भन्दै लकडाउनको फुर्सदमा भने पढ्न इच्छा लागेकाले यस्तो आटेको बताउकी छिन् । दुई वर्षको कोर्स रहेको भन्दै उनले पढाइपछि भने नेपाल नै फर्किने बताइन् ।

    शृंखला खतिवडाले अर्बान प्लानिङ (सहरी विकास योजना) मा मास्टर्स गर्ने भएकी छिन् । उनले विश्व चर्चित विश्वविद्यालय हार्वर्डमा मास्टर्स गर्ने छिन् ।हार्वर्डबाट अध्ययनको अनुमति पाए पछि उनले सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै लेखेकी छिन्,– यो मेरा लागि अहिलेसम्मकै खुसीको कुरा हो । कसरी व्यक्त गरुँ ?पुल्चोक इन्जिनियरिङ कलेजबाट आर्किटेक्टमा स्नातक गरेकी उनी सन् २०१८ की मिस नेपाल हुन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments