बलिउडका चर्चित कलाकार अक्षय कुमार अस्पतालमा भर्ना भएका छन्। बलिउड चलचित्र रामसेतुका ४६ कलाकारमा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । अभिनेता अक्षय कुमारसहित ४६ जना कलाकारमा कोरोना पोजेटिभ देखिएको हो । भारतमा कोरोनाको दोस्रो लहर चलेपछि बलिउडकर्मीहरु पनि संक्रमित हुन थालेका छन्।
— Akshay Kumar (@akshaykumar) April 5, 2021
अक्षय कुमार आइतबार कोरोना संक्रमित भएका थिए। एक दिन अघि आफु संक्रमण भएपछि सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए। उनले लेखेका थिए, ’ आफुले सबै प्रोटोकलहरु पालना गर्दैगर्दा पनि संक्रमण भएको र होम आइसोलेसनमा बसेको छु।’आफु अस्पताल भर्ना भएपछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले लेखे, ’मेरो स्वास्थ्य अवस्था ठीक छ, तर चिकित्सकको उचित सवाधानीको र सल्लाहमा अस्पतालमा भर्ना भएको छु। आशा छ कि म छिट्टै निको भएर घर फर्किनेछु।’
संक्रमित सबै कलाकार क्वारेन्टाइनमा छन् । सोमबारदेखि एक सय जना मानिस रामसेतुको सेटमा आफ्नो काम शुरु गर्ने वाला थिए । त्यसअगावै कोरोना रिपोर्टमा ४५ जना जुनियर कलाकारमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको बताइएको छ । रिपोर्ट आएसँगै फिल्म शुटिङ तत्कालका लागि बन्द गरिएको छ । गत विहीबार नै अभिनेता अक्षय कुमारलाई कोरोना पुष्टि भएको थियो । सोमबार अक्षय कुमारलाई पवइको हिरानन्दानी हस्पिलटमा भर्ना गरिएको छ ।
Comments
0 comments