Thursday, April 15, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    एकाएक महेन्द्रसिंह धोनी भिक्षुको अवतारमा, ९ सकेण्डको छोटो भिडियो पनि सार्वजनिक

    - Advertisement -

    भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी भिक्षुको अवतारमा देखिएका छन् । २०२१ ईन्डियन प्रिमियर लिग (आईपीएल) तयारीका लागि चेन्नई सुपर किङ्गसको प्रशिक्षण शिविरमा रहेका धोनी एकाएक बुद्ध भिक्षु अवतारमा देखा परेका हुन् । उनी भिक्षु अवतारमा देखिएको तस्विर स्टार स्पोर्टले सार्वजनिक गरेको हो । यो तस्विर अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।

    यस्तै, आइतबार सोही तस्वीरसँग सम्बन्धित अर्को ९ सकेण्डको छोटो भिडियो क्लिप पनि सार्वजनिक भएको छ । धोनीले कुनै मन्त्र वाचन गरेको देखाइएको उक्त भिडियोको मन्त्र के हुन सक्छ भनेर अनुमान लगाउन भन्दै स्टार स्पोर्टसले ट्वीट गरेको छ । पूर्ण रूपमा बुद्ध भिक्षुको पोशाकमा देखिएका धोनीले आफ्नो कपालसमेत खौरिएका छन् । फ्यानहरूले धोनीको यो रूपलाई धेरै मन पराई रहेका छन् । साथै प्रतिक्रिया पनि दिई रहेका छन् ।

    यो भिडियो र तस्वीर केका लागि खिचिएको हो प्रस्ट नभए पनि विज्ञापनका लागि धोनी भिक्षु अवतारमा देखा परेका हुन सक्ने बताईएको छ । उनले एक मार्शल आर्ट प्रशिक्षण क्याम्पको विज्ञापनका लागि यो तस्वीर खिचेको हुन सक्ने बताईएको छ । आईपीएलको १४ औं संस्करण अप्रिल ९ देखि शुरू हुँदै छ । यसको तयारीका लागि सबै फ्रन्चाईज टोलीहरूले शिविरको आयोजना गरिरहेका छन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments