Thursday, April 15, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    चर्चामा मलिका महत – म्यूजिक भिडियोमा पारिश्रमिक लाख बढी

    - Advertisement -

    मोडल तथा नायिका मलिका महत फिल्ममा खेलेपनि खासै चर्चा हुन सकेन तर पछिल्लो समय भने खुबै चर्चामा छिन् । पछिल्लो समय उनले अभिनय गरेको म्युजिक भिडियो ‘फुलबुट्टे सारी’को सफलतासँगै उनको चर्चा पनि ह्वात्तै बढेको छ । उक्त म्युजिक भिडियोमा मलिकालाई पल शाहसँग स्क्रिन शेयर गरेको देख्न सकिन्छ ।

    मलिका ‘फुल बुट्टे सारी’बाट चर्चामा आएपछि उनले अन्य म्युजिक भिडियो तथा फिल्ममा समेत अफर आएको यदाकदा हल्ला समेत सुनिन थालेको छ भने सो गीतमा नायक तथा मोडल पल शाहसंग काम गरेकाले उनीहरुको जोडी दर्शकहरुले रुचाउने देखिन्छ। ‘यात्रा’बाट आफ्नो चलचित्र यात्रा सुरु गरेकी नायिका हुन्, मलिका महत्त । यो चलचित्र बक्स अफिसमा असफल हुँदा मलिकालाई पनि खासै फाइदा भएन । उनको अभिनयको भने प्रशंसा नै भएको थियो । यसपछि, मलिकाले चलचित्र ‘पानी फोटो’मा काम गरिन् । यो चलचित्र पोष्ट प्रोडक्शनमा छ ।

    लकडाउनपछि मलिकाले अभिनय गरेको ‘फुलबुट्टे सारी’ बोलको गीत चर्चामा रह्यो । यो गीतले छोटो समयमा दर्शकको माया मात्र पाएन, मलिकालाई पनि दर्शकले अत्याधिक मन पराए ।

    यसपछि, उनले नै अभिनय गरेको अर्को गीत ‘टाढा भएपनि’ सार्वजनिक भयो । यो गीतले युटुमा सर्वाधिक चाडो १ करोड पटक हेरिएको गीतको रेकर्ड नै बनायो । यसपछि भने मलिकाको माग म्यूजिक भिडियोमा अत्याधिक बढेको छ ।

    मलिकाले आफ्नो माग ह्वात्तै बढेपछि भिडियोमा अभिनय गरेको पारिश्रमिक पनि बढाएकी छिन् । उनले, हालै मात्र सार्वजनिक भएको ‘वर आउन माया’ बोलको गीतलाई १ लाख २० हजार पारिश्रमिक वुझेकी छिन् । म्यूजिक भिडियोमा सर्वाधिक महंगो पारिश्रमिक लिने मोडलमा नायक पल शाह पर्छन् । मलिकाले पनि अब उनको हारहारीकै पारिश्रमिक वुझेकी छिन् । मलिका र पललाई लिएर केन्द्र मोसन पिक्चर्सले नयाँ चलचित्र बनाउने तयारी पनि गरेको छ ।

    यो पनि हेर्नुहोस्

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments