Thursday, April 15, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण प्रधानद्वारा पल शाहमाथि दुर्व्यवहार

    - Advertisement -

    चर्चित अभिनेता पल शाहले चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधान लगायतले आफूमाथि दुर्व्यवहार गरेको बताएका छन् । धरानको ज्वाइ खाना घरमा खाना खाने क्रममा आफूहरु माथि दुर्व्यहार भएको जनाएका छन् ।

    हाम्रो फिल्मी न्यूजसँग कुराकानी गर्दै नायक पल शाहका सहयोगी कृष्ण जोशीले भने – अरुण प्रधानहरुले आफूहरु माथि अभद्र व्यवहार भएको हो । हामी पाहुनाका रुपमा यो ठाउँमा आएका थियौं तर हामीलाई चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले कुर्सीले हान्ने प्रयाससमेत गरेको बताए । घटनाबारे जानकारी दिदै जोशीले भने ‘म्यूजिक भिडियो छायांकनका लागि हामी धरानमा छौं । खाना खाने क्रममा ज्वाई खानाघरमा अरुणजीले मलाई र पल शाहलाई दुर्व्यवहार गर्नुभयो।’ उनले भने, उहाँहरुले पहिला नै मदिरा सेवन गरी बसिरहेका थिए ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments