Wednesday, May 12, 2021
More
    • 82
    •  
    •  
    •  
    •  
    •  
      82
      Shares

    Latest Posts

    राजेश हमाल मनाङमा रमाउँदै(भिडियो)

    - Advertisement -
    • 82
    •  
    •  
    •  
    •  
    •  
      82
      Shares

    नेपालका मुस्ताङ र मनाङलाई हिमाल पारीका जिल्ला भनिन्छ । तपाईं मनाङ पुगेपछि लाग्छ मनाङ हिमालभित्रको जिल्ला हो । गण्डकी प्रदेशको यो एउटा प्राकृतिक सौन्दर्यले भरिएको जिल्ला हो ।

    लमजुङ जिल्लाको बेशिशहरबाट चामे हुँदै मनाङको खाङ्सार ९जसलाई माथिल्लो मनाङ०समेत भनिन्छ । त्यहाँसम्म पुग्दा मनाङलाई हिमालको घेराभित्र रहेको जिल्ला भन्न मन लाग्छ । मनाङ सिमा सुरु हुने स्थानलाई तालगाउँ भनिन्छ । खत्रो, धारापानी, बगरछाप, चामे, हुम्दे, भ्राका, मनाङ, खाङ्सारलगायतका स्थान यो जिल्लाको मुख्य बजार क्षेत्र हुन् ।असोजदेखि मंसिरसम्म मनाङमा बाह्रय तथा आन्तरिक पर्यटकको भीड हुन्छ ।

    स्वर्गको टुक्रा मनाङ जिल्ला पुगेका छन् नेपाली सिनेमाका महानायक राजेश हमाल । विश्व पृथ्वी दिवसको अवसरमा महानायक राजेश हमालले मनाङ पुगेका हुन् । नासो गाउँपालिका– १ स्थित तालगाउँमा निर्माणाधीन पार्कमा धूपी सल्लाको विरुवा रोप्दै, जिल्लाका व्यवसायी, राजनितिज्ञ, समाजसेवीहरुसँग रमाएका छन् । महानायक हमाल स्थानीय भेसभुसामा रमाएका थिए। हेर्नुहोस् भिडियोमा –

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments