Thursday, April 15, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

    - Advertisement -

    बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको रिलिज मिती १३ मे तोकेका हुन् ।

    सलमानले फिल्मको नयाँ पोस्टर सामाजिक सञ्जालमा शेयर गर्दै प्रदर्शन मिती घोषणा गरेका हुन् । पोस्टरमा अभिनेताले हातमा पेस्तोल समातेका छन् । उनले पेस्तोलबाट गोली वर्षाएको देखिन्छ । बलिरेहको हेलीकप्टर र तोपखानाको साथ युद्वको मैदान पृष्ठभुमिमा देखिन्छ । अन्य पोस्टरमा भन्दा सलमान राधेको यो पोस्टरमा आकर्षक देखिएका छन् । पोस्टर सार्वजनिक गर्दै सलमानले ईदमा फिल्म प्रदर्शन गर्ने वाचा गरेकोमा पुरा गरेको जानकारी समेत दिएका छन् ।

    सलमानले यस फिल्मले दर्शकहरुलाई हलमा फिर्ता ल्याउन सक्ने आशा गरेको छन् । अभिनेताको ईदसँग खास सम्बन्ध छ हरेक वर्ष नयाँ फिल्म ईदको अवसरमा दर्शकहरुलाई पस्कने गर्छन् । यो फिल्ममा सलमानको साथमा दिशा पटानी, रणद्वीप हुड्डा र जैकी श्राफ पनि रहेका छन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments