in ,

स्विमिङ पुलमा रमाउँदै साम्राज्ञी र पुष्प(तस्बिरसहित)

नेपाली चलचित्र ‘तिम्रो मेरो साथको’ छायांकन केही दिन अघि मात्र सम्पन्न भयो। यतिबेला फिल्मकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह छायांकनताका खिचिएका केहि तस्विरहरुलाई आफ्नो सामाजिक संजालमा साझेदार गरिरहेकी छन् । यसै क्रममा उनले पुष्पका साथमा स्विमिङ पुलमा रमाइरहेको देख्न सकिन्छ ।

तस्विरमा दुबैजना एकअर्कासंग खुब मस्तिमा देखिन्छन् । फिल्मको म क्यामेरा ‘अन’ भएको ३३ दिनमा गएको शनिवार पोखरामा सम्पूर्ण छायांकन सकिएको हो । काठमाडौंपछि पोखरामा फिल्मको केही दृश्य खिचिएको थियो ।

निर्माता तथा निर्देशक रमेश एमके पौडेलले ‘रुद्रप्रिया र रज्जा रानी’ फिल्मको निर्माण गरिसकेका छन् । उनले ‘तिम्रो मेरो साथ’ बाट निर्देशनमा डेब्यू गरेका हुन् । फिल्म निर्माणबाट बटुलेको अनुभवलाई आफूले निर्देशनमा खन्याएको उनि बताउछन् । फिल्मका लेखक तथा कार्यकारी निर्माता सविर श्रेष्ठ, छायांकार शिव ढकाल र नृत्य निर्देशक रामजी लामिछाने हुन् ।

नेपालमा भने आउँदो वर्षको दशैं र तिहारको बीचमा रिलिज गर्ने तयारीमा निर्माण टिम छ । बोधी एचडि र आर्यन फिल्मसको ब्यानरमा बनेको फिल्ममा पुष्प र साम्राज्ञीको अलावा सरोज खनाल, इमिली लामा, खगेश्वर पुन मगर (खबपू) लगायतको पनि अभिनय रहेको छ । योगेश काजीको संगीत रहेको फिल्मका निर्मातामा पासाङ लामा र सह(निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधिर पराजुली छन् ।

What do you think?

Written by filmy news

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

गायिका इन्दिरा जोशी २ बर्षदेखि प्रेममा, को हुन् इन्दिराको प्रेमी?

बिग बोस – १४औं संस्करणको उपाधि रुबीना दिलैकलाई, कति पाइन् पुरस्कार?