Thursday, April 15, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    तपाईको रेट कति हो?, एक रात विताको कति लिनु हुन्छ भन्दा झसङ्ग हुन्थे: नायिका सुरक्षा

    - Advertisement -

    नायिका सुरक्षा पन्त नेपाली फिल्मी इन्डस्ट्रीमा अब्बल नायिकाको रुपमा चिनिन्छन् । बुटवलमा जन्मिएका सुरक्षा इन्जिनियरिङकी विद्यार्थी हुँदै अभिनय क्षेत्रमा आएकी हुन् । चलचित्र ‘अझै पनि’ बाट नेपाली फिल्म इनडस्ट्रीमा प्रवेश गरेकी उनले पछिल्लो समय थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

    नेपालमा पछिल्लो महिला हिंसाका घट्नाहरु बाक्लो रुपमा सार्वजनिक हुन थालेको छ । यसै सन्दर्भमा आधारित रहेर गरिएको कार्यक्रम ‘ऐना’मा नायिका सुरक्षा पन्तले आफुलाई पनि हिंसा हुने गरेको बताएकी छन् । कार्यक्रममा उनले आफुलाई यस चलचित्रमा क्षेत्रमा शुरुमा प्रवेश गर्दै आफुले हिंसा भोग्नु परेको बताईन् । उनले आफुलाई अपरिचित व्यक्तिहरुले फोन गरेर ‘तिम्रो रेट कति हो रु’ भनेर सोँध्ने गरेको बताईन् ।

    उनले भनिन्, ‘सुरक्षा जि म फलानो… तपाईको रेट चाहिँ कति हो?’ भनेर सोध्नु हुने, ‘तपाई एक रात विताको कति लिनु हुन्छ?” भन्ने कुराहरु गर्ने! म त झसँग हुन्थे!, ‘मैले कस्तो कुराहरु गर्नु हुँदैछ भन्दा, यो त नर्मल हो नि! भन्ने गर्थे’ मलाई त्यो बेला त यो पेसा यसरी नै चलिराको छ भन्ने खालका प्रश्नहरु उठ्थ्यो !’

    कार्यक्रम ऐनाले ‘सार्वजनिक स्थलमा यौन दुव्र्यवहार किन र कहिले सम्म?’ भन्ने शिर्षकमा कार्यक्रम सञ्चालन गरेको थियो । त्यस कार्यक्रममा नायिक पन्तसहित धेरै महिलाहरुले आफुले भोगेका यौन दुव्र्यवहारका समस्याहरु सुनाएका थिए ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments