Thursday, April 15, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    सूर्यवंशी ३० अप्रिलदेखि प्रदर्शनमा, फिल्ममा अक्षय र कैटरीनाका साथ अजय देवगन र रणवीर सिंह पनि

    - Advertisement -

    बलिउड फिल्म ‘सूर्यवंशी’ को प्रदर्शन आगामी बैशाख १७ गतेलाई घोषणा गरिएको छ । फिल्मलाई रोहित सेट्टीले आफ्नो ४८औं जन्मदिनको अवसर पारेर ३० अप्रिल (बैशाख १७) लाई रिलिज गर्ने घोषणा गरेका हुन् । अभिनेता अक्षय कुमार र अभिनेत्री कैटरीना कैफ अभिनित फिल्म हो । जसका कारण यो फिल्म अहिले चर्चामा छन् ।

    फिल्मको प्रदर्शन घोषणा गर्दै रोहितले फिल्मको प्रतिक्षा गरेकोमा आफ्ना फ्यान तथा शुभचिन्तलाई धन्यबाद दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय दर्शक र मेरा स्टारका फ्यान क्लब । म जान्दछु कि तपाईंहरुले पूरै एक वर्ष ‘सूर्यवंशी’ को रिलिजको प्रतिक्षा गर्नुभयो र हाम्रो लागि योभन्दा ठूलो खुसी हुन सक्दैन कि हाम्रो फिल्म ३० अप्रिल २०२१ मा सिनेमा घरमा रिलिज हुँदैछ ।’

    यस फिल्ममा अक्षय र कैटरीनाका साथ अभिनेता अजय देवगन र रणवीर सिंह पनि रहेका छन् । रोहित सेट्टीको ‘सूर्यवंशी’ कप सिरिजको चौथो फिल्म हो । फिल्म गत वर्ष नै प्रदर्शनमा आउने भनिएता पनि कोरोना कहरका कारण रिलिज मिति सरेको थियो ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments