काठमाडौंको चर्चित सिनेमा हल ‘गोपीकृष्ण सिनेमा हलको भवन भत्काएर सो स्थानमा पाँच तारे होटल निर्माण हुने भएको छ । हाल चाबहिलमा रहेको सिनेमा हल भत्काउने काम भइरहेको छ ।
गोपीकृष्ण हलका म्यानेजर प्रदिप दाहालले २५ तले नयाँ भवन बनाउने योजनाअनुसार हल भत्काइएको जनाएका छन् । गोपी, कृष्ण, राधा र मिरा हल भत्किएपनि ओम, नम, शिवाय भने सञ्चालनमा आउने दाहाल बताउँछन् । नयाँ प्रविधि जडान गरेर दर्शकलाई हलसँग जोडिराख्न यी तीन हल सञ्चालन गर्न लागिएको हो ।
३ वर्षमा सम्पन्न हुने भनिएको २५ तले नयाँ भवनमा सपिङ मल, मल्टिप्लेक्स हल, पाँच तारे होटेललगायतका संरचना निर्माण हुने तयारी रहेको दाहालले बताए ।

