चर्चित अभिनेत्री प्रियंका कार्की आमा बन्न लागेको सार्वजनिक भएको छ । प्रियंका आफैंले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हु्न् । केही वर्ष पहिले प्रेमी आयुष्मान देशराजसँगको सम्बन्धलाई उनले वैवाहिक जीवनमा परिणत गरेकी थिइन् ।
नेपालको राजधानी सहर काठमाडौँमा जन्मेकी प्रियंका कार्की एक परिचीत अभिनेत्री तथा मोडल हुन् । ‘थ्री लभर्स’बाट नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी कार्कीले निकै चर्चा कमाइ सकेकी छन् ।कार्कीले अमेरिकामा ‘भुल्ने पो हो कि’ भन्ने छोटो फिल्म परियोजना भूमिका निभाएकी थिइन् ।यतिमात्र नभइ नेपालका हिट फिल्म छक्का पञ्जा जस्ता धेरै फिल्ममा अभिनय गरीसकेकी छन् ।
दोस्रो फिल्म झोले मा उनले वेश्याको चरित्रमा भूमिका निभाएर ठुलै सफलता हात पारीन् । कार्की नेपाली दर्शककी एक प्रिय नायिका हुन् ।
पोखरालाई मिस गर्दै प्रियंका कार्की
चलचित्रमा काम होस् वा नहोस् कलाकारहरु चर्चामा आउन चाहान्छन् । चलचित्रका कलाकारहरुलाई मिडियामा छाइरहने उपाय राम्रोसँग थाहा छ ।आलोचना होस् वा समर्थन, कुनै न कुनै तरीकाले दर्शकसामु छाइरहेका हुन्छन् । केही कलाकारले त आलोचना पनि सजिलै ग्रहण गर्दै आएका छन् ।
विवाहको केहि दिनमा नै लकडाउन भएकोले हनिमुन मनाउन नपाएको अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजको जोडी घरमा नै छन् ।लकडाउन खुकुलो भएपनि बाहिर निस्कन र काम गर्न भने सक्ने अवस्था देशमा छैन । उनीहरु घुम्न जान नपाएपनि घरमा बसेर रोमान्स गरेको तस्वीरहरु सार्वजनिक गरेर दर्शकहरुलाई मनोरन्जन दिदै आएका छन् ।
आयुष्मानले प्रियंकालाई बोकेको, माया गरेको, काखमा राखेको जस्ता आकर्षक तस्वीरहरु शेयर गर्दै आएका छन् । प्रियंकाले आज पोखरालाई मिस गरेको भन्दै आकर्षक तस्वीर इन्स्टाग्राममा राखेकी छिन् ।
Comments
0 comments