Wednesday, April 14, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    १३औँ ‘मिस तामाङ’को उपाधि सफलता थिङलाई

    - Advertisement -

    १३औँ ‘मिस तामाङ’को उपाधि सफलता थिङले जितेकी छन् । शुक्रबार काठमाडौंमा सम्पन्न प्रतियोगितामा आफ्ना २३ प्रतिस्पर्धीलाई उछिन्दै सफलता यस वर्षको मिस तामाङ बन्न सफल भएकी हुन् ।

    सफलताले उपाधिसँगै एक लाख रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । मिस तामाङ विजेता सफलतालाई चाबहिल गणेशस्थानस्थित निनिज् बुटिकले २० हजार रुपैयाँ बराबराको गिफ्ट ह्याम्पर प्रदान गरेको छ । सफलताले मिस मल्टिमिडिया, मिस इन्टिलेक्च्युल र मस्ट पपुलर ग्लोबल अनलाइन–पे टाइटल पनि आफ्नो पोल्टामा पारिन् । मिस तामाङ–२०२१ को उपाधि जितेपछि सफलताले तामाङ कला संस्कृति र भूषभूषाको जर्गेनामा आफ्नो ध्यान जाने बताइन् । उनले भनिन्, ‘मेरो कर्तव्य भनेको हाम्रो पहिचान जोगाउनु नै हो ।’एमडी गु्रपको प्रस्तुतिमा र मम्स इन्टरनेशनल नेपालको आयोजना रहेको प्रतियोगितामा फस्ट रनरअप पेमा पाख्रिन र सेकेन्ड रनरअप सोनिया वाइबा भएका छन् । उनीहरुले क्रमशः नगद ५० हजार र ३० हजार प्राप्त गरे ।

    प्रतियोगी सिसम दोङ लामा ‘मिस पर्सनालिटी’, ‘फोटोजेनिक’मा सुनिता तितुङ तामाङ, ‘भ्युवर च्याइस’मा पेमा पाख्रिन तामाङ, ‘मिस फ्रेण्डली’ सुस्मा घिसिङ तामाङ र ‘मिस कन्फिडेन्स’ सुजाता तितुङ तामाङ भएका छन् ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments