Wednesday, April 14, 2021

सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको...
More

    Latest Posts

    बीबीसी मास्टर सेफको उपविजेता सन्तोष साहलाई ५१ किलोको फूलको माला, जनकपुरधाममा भव्य स्वागत

    - Advertisement -

    बीबीसी मास्टर सेफको उपविजेता सिरहाका सन्तोष साहको जनकपुरधाममा भव्य स्वागत गरिएको छ । बीबीसीको खाना बनाउनेसम्बन्धी रियालिटी शो बीबीसी मास्टर सेफको उपविजेता बनेका साह १७ दिन अगाडि नेपाल आउनु भएको थियो उहाँ घर परिवार भेट्न आज जनकपुरधाम हुँदै सिरहा जानु भएको हो ।

    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्र साहको अगुवाईमा स्थानीय बासिन्दा विमानस्थलमै पुगेका थिए । सालाई ५१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ । सन्तोषले खाना बनाउने काम कुनै पनि जागिर भन्दा कम होइन भन्ने बुझाउन सक्रिय रहेको बताउनुभयो ।छोराको स्वागतका लागि विमानस्थल पुगेकी सन्तोषकी आमाले सन्तोषसँग विवाहका लागि सैयौं केटीको प्रस्ताव आइरहेको सुनाउनुभयो ।

    छोराले विवाह गरे आफुलाई खुसी लाग्ने उहाँले बताउनुभयो । जानकी मन्दिरमा दर्शनपछि जनकपुरमा साथीभाइ भेटेर सन्तोष आजै गृह जिल्ला सिरहा पुग्नुभएको छ ।

    Comments

    0 comments

    Latest Posts

    Don't Miss

    Comments

    0 comments